उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

उदयपुर / उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट एक बालक घाइते भएका छन । कटारी नगरपालिका २ स्थित कल्याणपुरमा बा.२ झ ९७६ नम्बरको स्कारपियो पिकअपले ठक्कर दिँदा ५ वर्षिय बालक गम्भिर घाइते भएका छन् ।

उर्जा मन्त्रालयका स्कारपियोको ठक्करबाट कल्याणपुरका स्थानीय बिनोद कुँवरको ५ बर्षीय छोरा किशन कुँवर घाइते भएका छन । बालकको दाहिने खुट्टाको तलको भागमा टायरले किचिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए । ऊर्जा मन्त्रालयको मौसम विभागको रहेको उक्त सवारी मिर्चैया देखि खोटाङ जाने क्रममा कल्याणपुरमा वालकलाई ठक्कर दिएका हुन् ।

स्थानीयका अनुसार उक्त जिप तिव्रगतिमा आएकोले बालकलाई ठक्कर दिएको थियो । घाइते बालकको कटारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल पठाएको प्रहरीले जानकारी दिए । यस्तै आक्रोसित स्थानीयले अहिले टायर बालेर चक्का जाम गरिरहेको छ । स्थानीयको बन्दले यातायात संचालन हुन सकेको छैन् । उक्त जिपमा चालक सहित तीन जना सबार रहेका थिए । स्कारपियो र चालकलाई ईलाका प्रहरी कार्यलय कटारीले नियन्त्रणमा रहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

तपाईको प्रतिक्रिया

Loading…