उद्योग बाणिज्य संघ इटहरीमा शैलेष विष्ट समुहको उम्मेदवारी घोषणा

इटहरी । उद्योग बाणिज्य संघ इटहरीको चुनाव नजिकिए सँगै इटहरी ब्यापारीहरुको चुनावीले तातेको छ । पछिल्लो केहि महिना यता ब्यापारीहरु भोट माग्न ब्यस्त छन । चुनाबको माहोलमा इटहरी शैलेष विष्ट समुहको समावेशी समुहले उम्मेदवार घोषणा गरेको छ ।

घोषणा सभामा बोल्दै उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष पदका उम्मेदवार हालका कार्यवहाक अध्यक्ष शैलेष विष्टले ब्यापारीक हकहितमा लाग्ने बताएका छन । कार्यक्रममा बोल्दै विष्टले भने ब्यापारीहरुको हकहितमा सधै लाग्ने छु । १० लाख सम्मको निशुल्क विमा गराउँने प्रतिबद्धता जनाएका छन ।

घरधनि र व्यवसायी बीच घरभाडाको सम्झौता उद्योग बाणिज्य संघको रोहवरमा बनाउने र बहाल कर घरधनिले नै तिर्नुपर्ने व्यवस्था मिलाउने समेत बताईएको छ । शैलेष विष्ट समावेसि टिममा अध्यक्ष शैलेष विष्ट सँगै महिला तर्फ रञ्जु सिग्देल,पुनम थापामगर रहेका छन । बाणिज्यतर्फ टंकप्रसाद खनाल,कमल पौडेल,माधव न्यौपाने,लक्ष्मीप्रसाद धिताल,रितेश श्रेष्ठ,देवराज मादेन,भोलाप्रसाद निरौला,फडिन्द्र मगर र राजेश खनाल रहेका छन ।

त्यस्तै उद्योग तर्फ राजेन्द्र केशरी घिमिरे,वेदनाथ भेटवाल,सुरज आङुगदेम्बे र किशन खेडिया रहेका छन ।त्यस्तै बस्तुगत तर्फ उमानाथ दाहाल,सुरेश कार्की छन भने एसोसिएट तर्फ सुदिप घिमिरे रहेका छन । उम्मेदवार घोषणा कार्यक्रममा कलाकार कमलीकान्त भेटवालले गित प्रस्तुत गरेका थिए ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…