उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले १० महिनामा ७७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को १० महिनामा नै प्रहरीले साे रमम बराबरकाे राजस्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार छ सय ५० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी टिफर/ट्रक चालक र त्यसपछि मोटर साइकल चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए ।

कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी श्रावण महिनामा १ हजार ३ सय ५० सवारी कारबाहीमा परे जस बाट ८ लाख ८३ हजार राजश्व उठेको थियाे । यसैगरी सवैभन्दा कम भदौमा ८ सय ५० सवारी कारबाहीमा परे जस बाट ५ लाख १७ हजार पाँच सय राजस्व संकलन भएको थियाे ।

कारबाहीमा परेका सवारी साधन हरूमा ३ हजार २ सय पाँच मोटर साइकल, २ हजार १ सय ७६ जिप, कार र भेन रहेकाे थियो । यस्तै ६ सय ६४ वटा बस कारबाहीमा परेको थियो भने १ हजार ३ सय छ वटा ट्याक्टर पनि कारबाहीमा परेको थियो ।

गत वर्ष ११ हजार ५ सय १४ सवारी साधन कारबाहीबाट ८१ लाख ९१ हजार राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षमा करिव ९३ लाख राजश्व उठने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

तपाईको प्रतिक्रिया

Loading…