उदयपुर आमाछोरीको हत्या अपडेट : तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न सकेन (तस्विरहरू)

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा शुक्रबार राति आमा २८ वर्षि शारदाकुमारी चौधरी (गोमा) र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको घाटी रेटी हत्या भएको छ । धरानबाट हत्याको अनुसन्धानका लागि मगाएको तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न नसकेर फर्किएको छ ।

धरानबाट अनुन्धानका लागि आएको लैला नामक तालिम प्राप्त कुकुर र सई डा. दयाराम श्रेष्ठको टोलीले अनुसन्धान थालेपनि हत्यारासम्म पुग्न नसकेको हो । कुकुरले घटनास्थलबाट राजबास, सरस्वती खोला हुँदै मदन भण्डारी राजमार्ग स्थित शाही खोलाको पुलमा पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताए । उनका अनुसार घटनासँग सम्बन्धित मानिसहरुसँग बुझने काम भईरहेको छ भने अन्य व्यक्तिहरुसँग पनि बुझने काम भईरहेकोले घटनामा संलग्नको नजिकमा पुगिसकेको बताए ।

घटनालाई विभिन्न चरणमा अनुसन्धान गरिरहेकोले हत्यारा चाँडै पत्ता लाग्ने एसपी बुढामगरले बताए । उनका अनुसार घटना प्रकृति हेर्दा पहिले आमाको हत्या भएको हुन सक्ने र त्यसपछि छोरीको हत्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । आफ्नै घरको भराङ्गमुनी आमाको लाशमाथि छोरीको लाश घोप्टीएको छ । खेतको बीचमा रहेको घरमा चौधरी आमाछोरीमात्रै बस्दै आएका थिए । शारदाका पति सिताराम चौधरी रोजगारमा सिलसिलामा २ वर्षदेखि मलेसियामा रहेको छ भने जेठी छोरी भावना मावालीमा रहेदै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…