उदयपुरमा ३३ जेष्ठ नागरिक सम्मानित

उदयपुर / ज्येष्ठ नागरिकको सम्मान गर्ने उद्देश्यले शुक्रबार १३ औं विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस उदयपुरमा मनाएको छ । त्रियुगा नगरपालिकाको सहयोग र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गर्दै १३ औं विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाएको हो । त्रियुगा नगरपालिकाका १६ वटै वडाका एक पुरुष र एक महिला गरी ३२ जना जेष्ठ नागरिकलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मानित हुनेमा सवै भन्दा जेष्ठ महिलामा त्रियुगा नगरपालिका वडा नं. ३ का १०३ वर्षिय शिवमाया बस्नेत र सवै भन्दा जेष्ठ पुरुषमा त्रियुगा नगरपालिका १० का १०० वर्षिय रमन सिंह राई रहेका छन् ।

सम्मानित हुनेहरुमा त्रियुगा नगरपालिका वडा नं. १ का ९१ वर्षिय विल्टी देवी चौधरी र ९० वर्षिय बम बहादुर बुढाथोकी, वडा नं. २ का ९२ वर्षिय मान कुमारी गौतम र जगत बहादुर बुढाथोकी, वडा नं. ३ का १०३ वर्षिय शिवमाया बस्नेत र ९९ वर्षिय अन्दु चौधरी, वडा नं. ४ का ९८ वर्षिय गंगामाया बास्तोला र ९८ वर्षिय प्रेम बहादुर खड्का सम्मानित भएका छन् ।

यस्तै वडा नं. ५ बाट ८९ वर्षिय मधु कुमारी थापा र ९४ वर्षिय रामप्रसाद गुरागाई, वडा नं. ६ बाट ९७ वर्षिय फुलमाया तामाङ्ग र ९५ वर्षिय जगत बहादुर राउत, वडा नं. ७ बाट ९८ वर्षिय सुकमाया माझी र ९७ वर्षिय धर्मप्रसाद भट्टराई, वडा नं. ८ बाट ९९ वर्षिय लिलामाया बस्नेत र ९५ वर्षिय पुरुषोतम भट्टराई सम्मानित भएका छन् । यस्तै वडा नं. ९ बाट ९८ वर्षिय धनमाया कटवाल र ९३ वर्षिय विष्णु बहादुर बस्नेत, वडा नं. १० बाट ९५ वर्षिय मैयादेवी कार्की र १०० वर्षिय रमण सिंह राई, वडा नं. ११ बाट ९७ वर्षिय लक्ष्मी कुमारी उदाश र ९४ वर्षिय कृष्ण खड्ग बहादुर कार्की, वडा नं. १२ बाट ९० वर्षिय कृष्णकुमारी भट्टराई र ९५ वर्षिय चैतु दास चौधरीलाई नगर प्रमुख बलदेव चौधरीले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

यस्तै वडा नं. १३ बाट १०० वर्षिय रत्न कुमारी घिमिरे र ९२ वर्षिय तारानाथ फुयल, वडा नं. १४ बाट ९० वर्षिय रनमाया मगर र ८५ वर्षिय चित्रमान रानामगर, वडा नं. १५ बाट ९५ वर्षिय लक्ष्मीमाया मगर र ९४ वर्षिय चन्द्र बहादुर राई र वडा नं. १६ बाट ९७ वर्षिय मतिसरा राई र ९० खड्ग बहादुर राई सम्मानित भएका छन् । यस्तै कार्यक्रममा वडा नं. ५ का जेष्ठ अपाङ्ग महिला वतही देवी चौधरीलाई पनि सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेयर चौधरीले ज्येष्ठ नागरिकलाई जथाभाबी बोल्ने, कुटपिट र लछारपछार गर्ने, नमिठो बोल्ने, छोरा बुहारीले दुव्र्यवहार गर्ने जस्ता कार्य रोक्नका लागि आफ्नो प्रयास रहने बताए ।

प्रमुख अतिथि चौधरीले भने, ‘ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् । ज्ञान सीप र अनुभवका भण्डार हुन् । अतीतका पौरख र वर्तमानका पुस्तकालय हुन् । घर, परिवार, समाज, राष्ट्रका पथ प्रदर्शक र प्रतिष्ठा हुन् । सबै वर्ग, भाषा, धर्म, संस्कृित र समुदायका तीर्थस्थल हुन् ।’ विश्वमै ज्येष्ठ नागरिकमाथि हुने शारीरिक, मनोभावनात्मक, आर्थिक, यौन दुव्र्यवहार र परित्यागका घटनाले ज्येष्ठ नागरिकलाई शारीरिक तथा मनोवैज्ञानिक रुपमा ठूलो क्षति पुग्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यस्ता गतिविधिलाई न्यूनीकरण गर्दै लैजानु पर्ने बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

तपाईको प्रतिक्रिया

Loading…