उदयपुरमा १० प्रतिशत मात्रै रोपाइँ


उदयपुर / अहिले उदयपुरका किसानलाई रोपाइँको चटारो हुनु पर्नेमा पानी नपर्दा त्यसै समय व्यतित गरिरहेको छ । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनामा पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्रै रोपाई भएको छ ।

असाढको तेस्रो सातासम्म उदयपुरमा १० प्रतिशत मात्र धान रोपिएको छ । असाढको पहिलो साता पानी परेपनि दोस्रो र तेस्रो सातामा पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्रै रोपाई भएको छ । पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु अहिले पानी बोरिङ र कुलोको पानीमा रोपाई गर्न थालेका हुन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीका अनुसार जिल्लामा १० प्रतिशत मात्रै रोपाइँ भएको र बाँकी खेत बाँझै रहेको बताएका छन् । उनका अनुसार प्रतिकुल मौसमका कारण धान रोप्न ढिला हुने अधिकारीको भनाइ छ ।

आषाढको पहिलो सातादेखि पानी नपरी खडेरीले सताउँदा उदयपुरमा धान रोपाई हुन सकेको छैन । धानको पकेट क्षेत्र मानिएका जिल्लाको त्रियुगा नगरपालिका, जोगिदह, हडिया, सुन्दरपुर, कटारी, हर्देनी, बेल्टार, मंयाखु, रौता, पंचावती, तपेश्वरी, लगायतका स्थानीय कृषकहरु अकाशे पानीको भरमा निर्भर छन ।

आकाशे वर्षामा निर्भर यहाँका किसान असाढको तेस्रो सातासम्म पनि नपर्दा अब के गर्नु भन्ने चिन्तामा छन् । उदयपुरमा १४ हजार हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ । सिंचाई सुविधा पुगेको क्षेत्रमा पनी पानीको मुल नफुट्दा खेतहरु बाँझै रहेको छ । धान खेतीका लागि सिंचाई गरिने त्रियुगा खोला, सेतीखोला, लामाखोला, द्वार खोला, बरुवा, तावाककरु बैजनाथ खोलाका मूल सुक्दै गएका छन् । नदीमा पानी नभएर रोपाई हुन नसकेकोले ब्याडमै बिऊ सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…