उदयपुरमा वेवारिसे अवस्थामा नौ राउण्ड गोली भेटियो

उदयपुर / जिल्लाको चौदण्डीगढी नगरपालिका ६ को खोला टोलमा वेवारिसे अवस्थामा नौ राउण्ड गोली भेटिएको छ । गएराती उक्त टोलमा पेस्तोलको सात र एसएलआरको दुई राउण्ड गोली भेटिएको थियाे ।

खेतमा बालबालिकाहरुले खेलिरहेको अवस्थामा गोली भेटिएपछि प्रहरीलााई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा छोडिएको गोली हुनसक्ने जानकारी दिए । उनका अनुसार पुुरानो खिया लागेको गोली बालबालिकाहरुले खेतमा खोलीरहेको अवस्थामा भेटिएको थियाे ।

उनका अनुसार केही माटो शंकास्पद वस्तु रहेको खबर प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उक्त गोली वरामद गरेको हो । गोली किन, कसले र कुन प्रयोजनका लागि राखिएको थियो भन्ने बारे अनुसन्धान भई रहेको प्र्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…