उदयपुरमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक गम्भिर

उदयपुर / उदयपुरमा आज विहान ५ बजेको समयमा मोटर साइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बेलका नगरपालिका ९ स्थित सेतीखोलाबाट रामपुर आउने क्रममा को. २२ प ८२८८ नम्बरको मोटर साईकल दुर्घटनामा हुदाँ सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को शैलेश माझीको मृत्यु भएको हो । नदाहा, चतरा, कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाईकल अनियन्त्रित भई हुँदा माझीको टाउँकोमा गहिरो चोट लागेकोमा उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

माझीसगै सवार बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष १७ का जितेन राई गम्भिर घाईते भएका छन । घाईते राईको विपीमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविन सिंहले बताए । दुर्घटनामा परेको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

तपाईको प्रतिक्रिया