उदयपुरमा ठूलो परिमाणको लागुऔषध सहित दुई पक्राउ

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाइजोल्याप १ सय एम्पुल र नगद ७ हजार २ सय ३० रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । दुवैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…