उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुर / उदयपुरमा आइतबार विहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा ना.७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित दुर्घटनामा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने २० वर्षिय लिला बहादुर सार्की र सोही टिप्परमा सबार कटारी नगरपालिका ५ भोर्ले बस्ने ३० वर्षिय डिक बहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । टिप्पर दुर्घटना हुँदा रानी डाँडाबाट करिव १ किलो मिटर तल खसेको छ भने मृतकहरुको लाश अन्दाजी ७ सय मिटरमा अडकिएको अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए । घटना स्थलमा रहेको लाश निकाल्नको लागि कटारीबाट प्रहरी परिचालन गरिएको इन्चार्ज चौधरीले बताए । उनका अनुसार चालक मृतक सहचालकका बुबा हर्क मिजार सार्की हाम फालेर बचेको छ । यस चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ३८ जनाको ज्यान गईसकेको छ भने ६० जना भन्दा बढी गम्भिर घाईते भएका थिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

तपाईको प्रतिक्रिया

Loading…