उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुर / उदयपुरमा टिपरको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । एका तर्फ दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान शुरु भई रहेको अवस्थामा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक को.१ ख ६३८८ टिपरको ठक्करबाट मोटर साइकलमा सवार एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका इन्चार्ज योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

आफ्नो साइडमा गुडिरहेको बा.३६ प ८८३६ नम्बरको मोटर साइकललाई को १ ख ६३८८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राई गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको स्थानीय रामकुमार चौधरीले बताए ।

मोटर साइकल चालक श्रीमान महेश राई सामान्य घाइते भएको इन्चार्ज चौधरीले जानकारी दिए । गम्भिर घाइते युरोपिया राईलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रष्ठिान धरान पठाएको छ । टिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरले आवश्य उदयपुरमा चालु आर्थिक वर्षमा टिपर र ट्रकको ठक्करबाट ७ जनाको ज्यान गईसकेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

कर्मचारी अभावका कारण बजेट कार्यन्वयनमा समस्या : कानून मन्त्री कार्की

उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु

उदयपुरमा अटोरिक्सा चालकले फिर्ता गरे भेटाएको २० हजार पाँच सय रुपैया

उदयपुरमा १४ बर्षीय बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

तपाईको प्रतिक्रिया