उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुर / उदयपुरमा ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मोबाइल जीपीएस कलर ट्राकिङ प्रविधिमार्फत पक्राउ गर्न सफल भएको छ । काठमाडौंमा लुकीछिपी बस्दै आएका त्रियुगा नगरपालिका ५ दमौतीका ३३ वर्षिय होम बहादुर कार्कीलाई घर आउने क्रममा मोबाइलको जीपीएस कलर ट्राकिङ मार्फत पक्राउ गर्न सफल भएको हो ।

त्रियुगा नगरपालिका ५ का ३५ वर्षिय मोहन बुढाथोकीलाई २०७३ साल मंसिर २४ गते बन्चरो प्रहार गरी शक्त घाइते बनाई उपपचारको क्रममा न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रतिवादी वारदात मितिबाटै फरार रहि वैदेशिक रोजगारको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहदै निज प्रतविादी (राहदानी नं. ०८५०६११०) को नाममा नेपाल सरकारले २०७५ पुस २ गते रेड कर्नर नोटिस समेत जारी गरेको थियो । खोज तलास भैरहेको क्रममा मलेसियाबाट स्वदेश फर्की काठमाडौंमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रतिवादीको मोबाइल नम्बर निरन्तर जीपीएस कलर ट्राकिङको निगरामीमा रहेका थिए ।

मोबाइलको जीपीएस कलर ट्राकिङको निगरानीमा रहेका प्रतिवादी काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको प्राविधिक सूचना प्राप्त हुन साथ त्रियुगा नगरपालिका ६ लालपत्ताबाट प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भैरहेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

तपाईको प्रतिक्रिया

Loading…