उदयपुरमा कुकुर आतंक, दुई दिनमा २७ जनालाई टोक्यो

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा दुई दिनयता बहुला कुकुरको आतंक मच्चिएको छ । नगर क्षेत्रका विभिन्न स्थानमा बुधबार ८ जना र विहिबार १९ जना गरी २७ जना भन्दा बढीलाई बहुला कुकरले टोकेको जिल्ला अस्पताल उदयपुरको आकस्मिक कक्षले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार बहुला कुकुरको टोकाईबाट सकलदेव दास, रामेश्वर दाहाल, शान्ति राई, पवित्रा पौडेल र अम्विका पौडल गम्भिर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन दिएर ठूलो घाउ भएका कारण थप रेविज विरुद्धको इमिनोग्लोविन भ्याक्सिन लिनको लागि काठमाडौं रेफर गरिएको आकस्मिक कक्षमा कार्यरत चिकित्सव श्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार बुधबार ८ जना र विहिबार १९ जना बहुला कुकुरले टोकेको विरामीहरुको चेक जाँच गरिएको चिकित्सक चौधरीले जानकारी दिए । उनका अनुसार पाँच जनालाई गहिरो घाउ लागेको छ भने अन्यलाई कुकुरले सामान्य चिथोरेको देखियो । उनीहरुलाई रेविज विरुद्धको भ्याक्सिन दिईएको चिकित्सक चौधरीले जानकारी दिए ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बहुला कुकुरलाई नियन्त्रणमा लिन टोली परिचालन गर्ने बताएका छन् । उनले एउटै बहुला कुकुरले दुई दर्जनभन्दा बढीलाई टोकेकोले नियन्त्रणमा लिने बताए । यस्तै त्रियुगा नगरपालिका पशु सेवा शाखा प्रमुख शिव नारायाण यादवले कुकुर बहुला भएपनि पशु अधिकार अन्तर्गत मार्न नपाईने भएकोले नियन्त्रणमा लिनु पर्ने बताए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

तपाईको प्रतिक्रिया

Loading…