उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुर / उदयपुरमा तीन भिन्ना भिन्दै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्ली ५, रौतामाई गाँपालिका २ र बेलका नगरपालिका ५ मा आगालागी हुँदा २३ लाखको क्षति भएको हो । उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ताप्ली गाउँपालीका ५ राजदहका शारदकुमार भुजेलको घरमा आगोलागीबाट घर, मतान र घरमा रहेका अन्न पात, लत्ता कपडा, भाँडा वर्तन, नगद ८२ हजार र चाँदी १० तोला जल्दा जम्मा १४ लाखको धनमाल क्षति भएको छ । भुजेलकै घरबाट आगो सल्केको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी रौतामाई गापा २ जोगिडाडाका मिन्द्रमाया जोगीको घरमा सोलार लाईन सर्ट भई आगोलागी भएको छ । आगोमा परी काठको २ तले घर, घरमा पालेको ३० वटा परेवा, कुखुरा, नगद ३ लाख र घर भित्र रहेको अन्नपात लत्ताकपडा, काठपात जल्दा सात लाखको क्षति एसपी राईले बताए । यसैगरी बेलका नगरपालिका ५ का भक्तबहादुर बिष्टको काठे घरमा पनि विद्युत सट भएर आगोलागी भएको छ । आगोमा परी खम्बा भएको २ तले गाई भैसीको ग्वाली जल्दा दुई लाख क्षति भएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

तपाईको प्रतिक्रिया

Loading…