उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुर / सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान पाएका छन् । यो वर्ष महानगरपालिकाहरुले ७ अर्ब ७५ करो रुपैयाँ बजेट पाएका छन् । उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैया पाएका छन् । नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।

उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी २ अर्ब ६९ करोड ७७ लाख बजेट पाएका छन् । चार वटा नगरपालिकामा १ अर्ब ७० करोड ८० लाख बजेट विनियोजन भएको छ भने गाउँपालिकामा ९८ करोड ९७ लाख विनियोजन भएको छ ।

उदयपुरमा सवैभन्दा बढी त्रियुगा नगरपालिकामा बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सवैभन्दा कम बेलका नगरपालिकामा बजेट विनियोजन भएको छ । त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्गत २१ करोड ५८ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत ३७ करोड ७६ लाख गरी ५९ करोड ३१ लाख विनियोजन भएको छ । भने बेलका नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्गत १३ करोड ३९ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत १८ करोड ८६ लाख बजेट विनियोजन भएको छ । जुन उदयपुरगढी गाउँपालिका बजेट भन्दा ८६ लाख बजेट कम परेको छ ।

यस्तै कटारी नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्ग ११ करोड १८ लाख र सशर्त अनुदान अन्तर्गत २८ करोड ७६ लाख गरी ३९ करोड ९४ लाख बजेट विनियोजन भएको छ । भने चौदण्डीगढी नगरपालिकाको बजेट ३९ करोड ३० लाख मात्रै रहेको छ । वितीय समानीकरण अन्तर्गत १४ करोड ५४ लाख र सशर्त अनुदान अन्तर्गत २४ करो ७६ लाख विनियोजन भएको छ ।

गाउँपालिका अन्तर्गत सवैभन्दा बढी उदयपुरगढी गाउँपालिकामा बजेट परेको छ । उदयपुरगढीमा ३३ करोड ११ लाख बराबरको बजेट विनियोजन भएको छ । वित्तिय समानकिरण शिर्षक अन्तर्गत १५ करोड ४५ लाख र सशर्त अनुदान तर्फ १७ करोड ६६ लाख बजेट विनियोजन भएको छ । सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा बजेट विनियोजन भएको छ । यस गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ६ करो ८९ लाख र सशर्त अनुदान अन्तर्गत ११ करोड ५६ लाख विनियोजन भएको छ ।

यस्तै रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ९ करोड २५ लाख र सशर्त अनुदान तर्फ १८ करोड ४३ लाख बजेट विनियोजन भएको छ । भने ताप्ली गाउँपालिकामा १९ करोड ७३ लाख बजेट विनियोजन भएको छ । यस गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ७ करोड १२ लाख र सशर्त अनुदान तर्फ १२ करोड ६१ लाख बजेट विनियोजन भएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

तपाईको प्रतिक्रिया

Loading…