उदयपुरको कटारीमा टाडे घरको बरन्डाबाट खसेर एक जनाको मृत्यु

उदयपुर / उदयपुरको कटारीमा टाडे घरको बरन्डाबाट खसेर एक जनाको मृत्यु भएकाे छ ।  उदयपुरको कटारी नगरपालिका-६ चुहाड स्थितमा टाडे घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु भएको हाे । गत बिहिबार साँझ ७ बजेको समयमा बर्ष २७ को दिवस कार्की आफ्नै टाडे घरको दोस्रो तलाको बरन्डाबाट तल खस्दा उनी गम्भिर घाईते भएका थिए ।

घाईते उनलाई उपचारकोलागी बिराटनगर स्थित नोबेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा हिजो बिहान ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…