ईलाममा श्रीमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु

ईलाम / ईलामको सन्दकपुर गाउपालिका-५ बतासेमा श्रिमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । शुक्रबार राती बर्ष ३५ को सोम बहादुर गुरुङ र निजकै श्रीमति बर्ष ३५ की निरमाया गुरुङ बिच बादबिवाद भएको थियो । बादबिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमान सोम बहादुर गुरुङ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया