ईटहरीमा छोराद्धारा आमा माथी खुकुरी प्रहार

ईटहरी / सुनसरी ईटहरी-२ हवाइ चोक बस्ने १८ बर्षीय पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार गरेका छन । हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएका हुन ।

घाईतेको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । आमा माथी खुकुरी प्रहार गर्ने कार्कीलाई खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…