इटहरी सहित पूर्वको मौसम एक्कासी बिग्रियो

इटहरी / बुधबार दिउसो देखि इटहरी सहित पुर्वी नेपालको मौसम बिग्रिएको छ । दिउँसो सम्म घाम लागेको मौसम साँझ एक्कासी बिग्रिएको हो । एक्कासी आकाश कालो भई हावाहुरी चलेपछी जनजीबन प्रभावित भएको छ । हावा हुरीले मानवीय र अन्य नोक्सानी बारे जानकारी आइ नसकेको प्रहरीले जनाएको छ । एक डेढ घण्टा सम्म हावा हुरी चल्ले भएकाले सावधानी अपनाउन मौसम बिभागले अनुरोध गरेको छ । राती देखी मौसममा सुधार आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…