इटहरीमा सवारी दुर्घट्ना

इटहरी / सुनसरीको इटहरी १७ मा सवारी दुर्घट्ना भएकाे छ । इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको को ५ प ६७७ नम्बरको मोटरसाईकल र को २ च १६२८ नम्बरको पिकअप भेन दुर्घटनामा परेका परेका हुन ।

इटहरी आउँदै गरेको मोटरसाईकललाई सोहि दिशाबाट आउँदै गरेको भेनले ठक्कर दिदा इटहरी १७ का बाबुसिंह तामाङ घाईते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाईते तामाङको स्थानीय अस्पतालमा उपचार भईरहेको ट्राफिकले जनाकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…