इटहरीमा सर्पले डसेर झारफुँक गराउँदा १२ बर्षीय बालककाे मृत्यू

इटहरी / इटहरीमा सर्पले डसेको एक व्यक्तिलाई अस्पताल नलगी झारफुँक गराउँदा १२ बर्षीय बालककाे मृत्यू भएकाे छ । इटहरी ११ भुसकलुवाका १२ बर्षीय समीर ऋषीदेवलाई विहान सवेरै ओछयानमा सुतिरहेकै वेला सर्पले डसेको थियो । अविभावकले केहि समय पछि झारझुक गराउन लगेकाेमा तुरुन्त अस्पताल लैजान सल्लाह पश्चात बालकलाई पूर्वी पृतना हेडक्वाटर स्थित सर्पदंश उपचार केन्द्र लगिएकाेमा ढिलो भएकाे कारण अस्पतालमा बालककाे निधन भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…