इटहरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी / सुनसरीको इटहरी उप-महानगरपालिका-१२ मा रहेको बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीमा रहेको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागी बेहोस भएका श्रेष्ठलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगेकोमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…