इटहरीमा कक्षा ११ र १२ का बिद्यार्थीबिच ग्याङ्ग फाईट, ५ घाइते, १२ पक्राउ

इटहरी । कक्षा ११ र १२ का बिद्यार्थी बिच चेस खेलकाे बिषयमा बिवाद उत्पन्न हुँदा इटहरी ९ स्थित जनता माबिका २ बिद्यार्थि समुहबिच झडप भएको छ । झडपमा ५ जना बिद्यार्थि घाइते बनेका छन् भने १२ बिद्यार्थीलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिद्यार्थीकाे साथबाट झडपमा मासु काट्न प्रयाेग गरिने दुई थान दाउ समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

झगडा गर्ने दुवै कक्षाका बिद्यार्थीलाई प्रहरी कार्यालयमा राखिएको छ । झडपमा अन्य स्थानका युवाहरु समेत संलग्न रहेकाे र घटनाकाे बिषयमा थप अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…