आमा छोरीको कुटाईबाट एलिसा गम्भीर

झापा / तरकारी किन्न जाँदै गरेकी एक महिलालाई झापाको सुरुङ्गामा मरणासन्न हुनेगरी कुटपिट भएको छ । कनकाई नगरपालिका – ४ टेक्रा निवासी २० वर्षीया एलिसा सिटौला घोर्साइलाई दुई महिलाले कुटपिट गरेको प्रहरीले जनाएकोछ । कुटपिट गर्ने महिला सोही स्थानको भएको र उनीहरु नातामा आमा छोरी हुन् प्रहरीले भन्यो – कुटपिटमा सम्लग्न नम्रता पाठक र अर्का एक पुरुषलाई नियन्त्रणमा लिएका छौं । एलिसालाई कुटपिटमा नम्रताकी आमा गोमा पाठक समेत सम्लग्न रहेको बताइएको छ ।

कुटपिटबाट घाइते भएकी एलिसाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको एलिसाका श्रीमान डिल्लीराम घोर्साले जानकारी दिए । घोर्साई नेपाल प्रेस युनियन झापाका सचिव हुन् । उनी कञ्चनजंघा एफएममा कार्यरत छन् ।

आफू घरमा नभएकोको अवस्थामा श्रीमतीलाई कुटपिट भएको र साथमा ५ महिनाकी छोरी रहेकाले कुटपिटमा सम्लग्नलाई कानूनी कारवाहीको माग गर्दै विहीवार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिने घोर्साले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…