आफ्नै पत्नी र छोराको कुटपिटबाट ६२ वर्षीय बाउकाे मृत्यू

राजविराज / आफ्नै पत्नी र छोराको कुटपिटबाट सप्तरीको महादेवा गाउँपालिका–३ पकरीमा एक जनाको मृत्यु भएको छ । पारिवारीक विवादको क्रममा ५० वर्षीया जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरीयाले कुटपिट गर्दा ६२ वर्षीय मोहम्मद गफुर पमरीयाको मृत्यु भएको हो । आइतवार मध्येराति कुटपिटबाट घाइते भएका पमरीयाको उपचारार्थ राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको एसपी कृष्ण प्रसाईंले बताउनुभयो ।

उहाँका अनुसार रहिम (छोरा) ले मदिरा सेवन गरेर अन्धाधुन्ध कुटपिट गर्दा गफुर (वुवा) को मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ । शव पोष्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भईरहेको छ भने घटनामा संलग्न आमाछोरा फरार रहेकोले खोजी भईरहेको एसपी प्रसाईंले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…