आफ्नै छोरीलाई बलात्कार गरी भिडियो खिच्ने बाबु पक्राउ

कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिका बस्दै आएका ३९ वर्षीय रामबहादुर नेपाली (नाम परिवर्तन) ले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । नेपालीले मंगलबार राति करिब १० बजेतिर आफ्नै छोरीलाई बलात्कार गरेको र बलात्कार गर्दैगर्दा मोबाइलबाट भिडियोसमेत खिचेका थिए ।

नेपालीकी श्रीमतीले मोबाइल चलाउँदा भिडियोमा आफ्नै छोरीको अनुहार देखेपछि श्रीमान-श्रीमतीबीच झगडा सुरू भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया

Loading…