आफ्नै घरमा परपुरुषसंग भेटेपछि श्रीमतीको हत्या

धनगढी / श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १ भरुवा का धिरेन्द्र थापाले श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेका हुन् । घटना २१ गतेको भएपनि कुटपिटबाटा घाइते महिलाको २४ गते मृत्यु भएको थियो ।

कुटपिटपछि नेपालगञ्जबाट उपचार गराएर आएकी विकलाई फेरि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

कुटपिटमा संलग्न थापालाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…