आफैँलाई करेन्ट लगाएर जनकपुरमा पति–पत्नीले गरे आत्महत्या

 

 

जनकपुर / जनकपुरमा आफैँलाई करेन्ट लगाएर पति पत्नीले आत्महत्या गरेका छन् । करिब २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले अंगालो मारेर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएकाे छ । घरको कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खुट्टामा नांगो तार बेरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शवलाइ अहिले पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ । घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । महासेठ दम्पत्तिको गत बैशाख ६ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…