आगलागीमा ८० लाखको क्षति

विराटनगर / मोरङको पथरीशनिश्चरे –८ मंगलबारे स्थित बैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहान दुई बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसल समेत जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

आगो बिहान साढे ४ बजे झापाको दमक र मोरङको सुन्दरहैंचा नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र शसस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए

तपाईको प्रतिक्रिया

Loading…