असुरक्षित बन्दै झापाका वसपार्क , खुकुरी प्रहार गर्ने पक्राउ

झापा, फागुन १३ । झापाको दमक वसपार्कमा शनिवार दिउँसो एक युवालाई खुकुरी प्रहार गरेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक– ७ का विजु सुब्बालाई वसपार्कमा बसिरहेको अवस्थामा धारीले हतियार खुकुरी प्रहार गरी फरार रहेका दमक – ८ निवासी राजेश लिम्बू र राम दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

घाइते सुब्बाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका लिम्बू र दर्जीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस अघि अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई बिर्तामोडस्थित वसपार्कमा फागुन ९ गतेराति छुरा प्रहार भएको थियो । छुरा प्रहारमा संम्लग्न बिर्तामोड नगरपालिका–६ निवासी सन्देश उप्रेती र अर्जुनधारा – ११ का अंकित प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले बताउनुभयो ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…