असई श्रेष्ठ उत्कृष्ट घोषित

विराटनगर / शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) तिलकबहादुर श्रेष्ठलाई आइतबार उत्कृष्ट प्रहरी घोषित गरिएको छ । कन्ट्रोल कक्षमा कार्यरत श्रेष्ठले डिजिटल रेडियो सिष्टम, सीसीटिभी र मोरङ पुलिस एप्सको निगरानी तथा विशिष्ट व्यक्तिहरुको सवारी परिचालनमा महत्वपूर्ण भूमिका खेलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । साथै शान्ति सुरक्षा कायम राख्न जिल्लाको सुरक्षा योजना अनुसार प्रहरी परिचालन, रिपोर्टिङ लगायत तोकिएको जिम्मेवारी त्रुटिरहित तवरबाट कौशलता पूर्वक गरेको र नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्य गरेका कारण उनलाई उत्कृष्ट घोषित गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

कात्तिक महिनाको उत्कृष्ट प्रहरीमा परेका श्रेष्ठलाई ‘पुलिस अफ दी मन्थ’ को उपाधिबाट सम्मान पनि गरिएको छ । अपराध नियन्त्रण र अनुसन्धानका क्रममा सबै भन्दा राम्रो काम प्रहरीलाई प्रत्येक महिना उत्कृष्ट प्रहरी घोषित गरेर ‘पुलिस अफ दी मन्थ’ को उपाधिबाट सम्मान गर्ने गरिएको छ । उत्कृष्ट घोषित हुने प्रहरीको सबै विवरण सहितको फोटो जिल्लाका प्रत्येक प्रहरी युनिटमा एक महिना सम्म राखिंदै आएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…