अष्ट्रेलियामा एक नेपालीको मृत्यु


विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका– ७ घर भई हाल अध्ययनका लागि अष्ट्रेलियाको सिड्नीमा रहेका २० वर्षीय युवा मिलन तामाङको मृत्यु भएको छ । अचानक मस्तिष्क घात भई उपचार गर्ने क्रममा तामाङको अस्पतालमा मृत्यु भएको जनाइएको छ । अध्ययनको लागि दुई महिनाअघि अष्ट्रेलिया पुगेका तामाङको बुधबार निधन भएको खबर आएको मिलनका दाजु देउमान तामाङले बताए । मृतकको शवलाई नेपाल ल्याउन पहल भईरहेको पारिवारिक स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया