अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

तेह्रथुम / अबिरल बर्षाका कारण जिल्लाको ग्रामिण सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्ला सदरमुकाम र गाउँपालिकाको केन्द्रका साथै मुख्य बजारहरुमा जोडिने सडकहरु सञ्चालनमा आउन नसक्दा यहाँका किसानहरुले हरेक दिन लाखौ गुमाई रहेका छन । गाउँका कच्ची सडक बर्षाले बगाएको छ । सडकका बिभीन्न खण्डहरुमा पहिरो जाने क्रम अझै रोकिएको छैन ।

बर्षाका कारण अबरुद्ध भएको सडक सञ्चालनका लागी छथर गाउँपालिका १ आङदिमका जनप्रतिनिधी र स्थानीयबासी जुटेका छन । सडक अबरुद्ध भएपछी दैनिक किसानले उत्पादन गरेको दुध लगायका कृषीजन्य सामाग्री ढुवानीमा समस्या भएपछी यहाँका स्थानीय र जनप्रतिनिधी सडक सञ्चालन गर्न जुटेको वडा अध्यक्ष नुम बहादुर मगरले बताए । बर्षाका कारण पहिरो जाँदा अबरद्ध भएको सिधुवा नसिबोटे सडक सुचारु गर्न स्थानीय र जनप्रतिनीधी जुटेका हुन । केहीदिन अघी मात्रै पहिरो पन्साएर सुचारु भएको सडकमा पुन पहिरो गएपछी स्थानीय र जनप्रतिनिधी आफै सडक सुचारुका लागी जुटेको स्थानीय रबिन भट्टराईले बताए ।

यहाँका स्थानीयले उत्पादन गरेको दुध बिक्री नै मुख्य आम्दानीको श्रोत हो । दैनिक यो गाउँबाट मात्रै १५ सय देखी २ हजार लिटर सम्म दुध निर्यात हुने गरेको छ । धनकुटा, हिले,धरान,बिराटनगर लगायतका स्थानहरुमा दुध बिक्री गर्दै आएका यहाँका स्थानीयहरुले सडक अबरुद्ध भए सँगै दैनिक लाखौ रुपैयाँमा गुमाउन पर्ने अबश्था रहँदै आएको छ । यहाँका स्थानीयहरुले लोकल तथा उन्नत जातका गाई पाल्दै आएका छन । यहाँका स्थानीयहरुले दैनिक ३ लिटर देखी २० लिटर सम्म दुध बिक्री गर्ने गरेका छन । दुध मात्र नभई तरकारी खेतीबाट मात्रै बर्षेनी यहाँका किसानहरुले करोडौ रुपैयाँ भित्र्याउँदै आएका छन । दुध र तरकारी निर्यातको लागी रहेको एक मात्र सडक अबरुद्ध भएपछी स्थानीय र जनप्रतिनिधी सडक सुचारु गर्न जुटेका हुन । सडकका बिभीन्न खण्डहरुमा गएको पहिरो पन्साउनका साथै सोलिङ तथा नाली काट्दै आएका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…