सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका

महोत्तरी / महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला हाे । मृतक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको ट...

बहुविवाहकाे अभियाेगमा जेल चलान

महोत्तरी / महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् । जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन् । राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहु...

बेचिएको स्थानबाट २५ दिनपछि घर फर्किन् महिला

महोत्तरी / महोत्तरी जिल्लाको एकडारा गाउँपालिका बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराए...

जितिया पर्वको व्रत बस्दा वृद्धाको मृत्यु

महोत्तरी / महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिए । यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको म...

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ

गौशाला / श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी दे...

महोत्तरीमा करेन्ट लागेर दूधे बालिकाको मृत्यु

जलेश्वर / महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भ...

प्रदेश नं २ मा डेङ्गु राेगले एक जनाको मृत्यु, ७३ जना सङ्क्रमित

महोत्तरी / प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएक...

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

जलेश्वर / महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँका सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो ...