बलात्कारको आरोपमा मालपोत कार्यालयका प्रमुख पक्राउ

कञ्चनपुर / कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । “महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरी...

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका

महोत्तरी / महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला हाे । मृतक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको ट...

इटहरीमा सामूहिक बलात्कार, तीन जना पक्राउ, दुई फरार

इटहरी / एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही घटनामा संलग्न ...

मध्यराती इटहरीमा बसभित्रै ‘ग्याँङ रेप’

इटहरी / इटहरीमा एक युवतीलाई बस भित्रै ‘ग्याँङ रेप’ गरिएको छ । सोमबार राती इटहरी ९ स्थित साथी पेट्रोल पम्म नजिक को १ ख ४६२७ नम्बरको बसभित्र धरानदेखि इटहरी आउदै गरेकी युवतीमाथि ‘ग्याँङ रेप’ भएको हो । रेपमा संलग्न ४ जना पक्राउ परेका छन् । ति युवतीलाई बसभित्रै पालैपालो जवरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मोरङ सुन्दर हरैंचा नगरपालि...

बलात्कार आरोपमा १४ वर्ष कैद

स्याङ्जा / १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो । रानाले २०७५ ...

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय

धादिङ / सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सु...

भतिजीकाे बलात्कार गरी काका फरार

गलकोट / बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेक...