हत्या आरोपमा प्रहरीसहित तीन जना पक्राउ

ओखलढुङ्गा / ओखलढुङ्गामा व्यक्ति हत्याको आरोपमा एक प्रहरीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या गरेको आरोपमा स्थानीयवासी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग...

२२ लाखको मोबाइलसहित पक्राउ

काठमाडौँ / प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई आज नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ । क...

उदयपुरमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

उदयपुर / छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । केही दिनअघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए ।

पचपन्न किलो गाँजासहित पक्राउ

सिन्धुली / सिन्धुलीमा ५५ किलो गाँजासहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँजाको परिमाणका बारेमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ घर भएका १८ वर्षीय सन्तोष स्या...

भरुवा बन्दुक र मृत जंगली जनावर सहित ४ जना पक्राउ

सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-६ बाट २ नाल भरुबा बन्दुक र मृत बदेल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार बिहान १ बजे प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान-६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान-६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु द...

बीपी प्रतिष्ठानमा चोरीका घट्ना बढे, मोटरसाइकल चोरीमा संलग्न पक्राउ

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाका अवस्था फितलो भएको मौका छोपी त्यहाँ उपचारमा आएका विरामी तथा आफन्तको सामान चोरी हुने घट्ना नौलो होइन । प्रतिष्ठानभित्र सुरक्षाको जिम्मा लिएको डिभाइन्ड सेकेरेरी सर्भिस हुदा होस् ग्रुफफोर सेक्युरिटी सर्भिस होस् या अहिले केटिएम सेक्युरिटी सर्भिस हुदा होस चोरीको घट्ना घट्नुको सट्टा बढ...

चितुवाको छालासहित दुई जना पक्राउ

दाङ / चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो । चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उ...

घुस लिएको अभियोगमा पक्राउ

भोजपुर / पुनःनिर्माण प्राधिकरणका कर्मचारी छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख...

लागुऔषध र हातहतियार मुद्दाका फरार पक्राउ

विराटनगर / अदालतबाट लागुऔषध र हातहतियार खरखजना मुद्दामा दोषी ठहर भए पनि फरार रहेका दुई जनालाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र हातहतियार खरखजना मुद्दामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बा पक्राउ परेका हुन् । पथरीका...

लागुऔषधसहित तीन युवक पक्राउ

लहान / नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स ३ प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मो...