विराटनगरमा डेंगु संक्रमित एक विद्यार्थीको मृत्यु

विराटनगर / विराटनगरमा डेंगुबाट संक्रमित एक विद्यार्थीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० मा रहेको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा ज्यान गएको हो । विराटनगर– ९ भूमी प्रशासन चोकका फर्निचर उद्योग सञ्चालक राजकुमार शर्माका छोरा अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी...

प्रदेश नं २ मा डेङ्गु राेगले एक जनाको मृत्यु, ७३ जना सङ्क्रमित

महोत्तरी / प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएक...

खाँदबारी र तुम्लिङटारमा १० जना डेंगु संक्रमित

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थल क्षेत्रमा मात्रै ६ जना डेंगु संक्रमित बिरामी भेटिएका छन् । यसअघि सदरमुकाम खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा डेंगु देखा परेको थियो । यो सहित डेंगु संक्रमित विरामी १० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । तुम्लिङटारमा पहिलो पटक डेंग...

तेह्रथुममा पनी डेंगुका बिरामी

तेह्रथुम / पुर्वका तराई जिल्लामा नियन्त्रणमा आउन नसकिरहेका बेला तेह्रथुममा पहिलो पटक डेँगु रोगका बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो । पछिल्लो समय यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुनाजन्य रोग विस्तारै पहाडमा पनि फैलि...