बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

गुल्मी / गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले जानकारी दिए । बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।...

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा / झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन...

करेन्ट लागेर तीन जनाको मृत्यु

धनुषा / धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार र...

पानी पटाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

सप्तरी / सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए । मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको ...

महोत्तरीमा करेन्ट लागेर दूधे बालिकाको मृत्यु

जलेश्वर / महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भ...

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

उदयपुर / उदयपुरमा विहिबार साँझ ६ बजे करेन्ट लागेर एक ७ वर्षिय बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकलाई करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जान...

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

जलेश्वर / महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँका सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो ...

सुनसरीकाे खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी / सुनसरीको खनारमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । ईटहरी उप-महानगरपालिका-१३ खनारका फागुलाल सरदारको करेन्ट लागेर मृत्यु भएको हाे । बुधवार राती साँढे ७ बजेको समयमा आफ्नै घरमा लाईन जोड्ने क्रममा उनलाइ करेन्ट लागेकाे थियाे । घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको...