पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

बाजुरा / जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै ...

तीन वटा वडामा एउटै सचिव

कैलाली / कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो । एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको...

जिप दुर्घटनामा तीन जनाको मृत्यु

अछाम / अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका छन् । रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जिप जयगढ–माझेठाना ...

नुहाउने क्रममा बगेर बालिका बेपत्ता

डोटी / सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् । आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बग...

सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

बैतडी / बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग स...

मदिरा निषेधित क्षेत्र घोषणा, कारोवार र सेवन गरे सार्वजनिक मुद्दा

बैतडी / मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भ...

अज्ञात रोगका कारण गोठका सबै पशुचौपाया मरे पछि

डडेल्धुरा / अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् । दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउँदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा मरेका हुन् । केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर पर...

मेसिनबाट सेनेटरी प्याड

भीमदत्तनगर / विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिक...

स्थानीय तहमा सुत्केरीलाई प्रोत्साहन भत्ता

भीमदत्तनगर / सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ । सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताP । “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान...

फैलियो गाईमा पाठेघर कुहिने रोगकाे संक्रमण

डोटी / दिपायल सिलगढी नगरपालिका–४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरिएका जर्सी गाईमा रोग फैलिएको छ । केही दिन पहिले सात किसानलाई पूर्ण अनुदानमा उपलब्ध गराईएका ती जर्सी गाई बिरामी भएपछि अहिले उनीहरू तनाबमा छन् । जर्सी गाईले भने अनुसारको दूध दिनाको साटो बिरामी पर्दै मर्न थालेकाले उनीलाई यस्तो समस्या आइपरेको स्थानीयवास...