डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण

डडेल्धुरा / मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १००...

कञ्चनपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृत्यु

कञ्चनपुर / ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् । विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ट्र्याक्टर चालक ३८ व...

बौलाहा स्यालको आतङ्क : एघार जनालाई स्यालले टोकेर घाइते बनायो

बझाङ / बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ । घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ । यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा ...

बयासी वर्षीय बुदेले पाए नागरिकता

बडीमालिका / बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो । नागरिकता नहुँदा बोहराले लामो स...

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

लम्की / मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोट...

नेकपा गाउँपालिकास्तरीय कमिटी गठन

दमौली / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ । गाउँपालिका संयन्त्रको बैठकले ५७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेको हो । कमिटीको अध्यक्षमा साविक नेकपा एमालेबाट गञ्जसिंह गुरुङ र सचिवमा साविक नेकपा माओवादी केन्द्रबाट विरु थापा चयन हुनुभएको छ । गाउँपालिका कमिटीमा अधिकतम ७५ सदस्य हुने व...

श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम / मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ । कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन ग...

प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश

भीमदत्तनगर / कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

श्रीमान्लाई बन्ध्याकरण गर्न दिँदैनन् महिला

डोटी/ बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै हुनुहुन्थ्यो तर कल्पनाका अगाडि उहाँको जिद्धीले काम गरेन । कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उहाँले कसैले भनेको न मा...

हत्या घटनामा संलग्न दुई पक्राउ

धनगढी/ कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको...