दुर्घटनामा एकको मृत्यु

रुकुम / रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगर...

छ दिनमै बालविवाह रद्द

रुकुम / विवाह गरेको ६ दिनमै यहाँका एक जोडीको विवाह रद्द भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नं ४ की १९ वर्षीया बालिकाबीच भएको विवाह रद्द भएको हो । उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँ रहेका मौराखारा वडास्तरीय बाल सञ्जालले प्रहरीसमक्ष निवेदन दिएपछि विवाह रद्द भएको हो । आज प्रहरी चौकी सिम्लीमा दुवै पक्षको छल...

कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्षमा थापा

सुर्खेत / कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीका दुर्गा थापा निर्विरोध निर्वाचित हुनुभएको छ । तीनै संगठनको केन्द्रीय सहमतिअनुसार प्रदेश संगठनका प्रेस चौतारी, युनियन र सेन्टरका सहमतिका उम्मेदवारविरुद्ध अध्यक्षमा विष्णु शर्मा, टेकबहादुर वली, उपाध्यक्ष धर्मराज जिसी, महासचिवमा सुशील शर्मा, कोषाध्यक्षमा लोकेन्द्र पौडेल र सदस्यमा अकबर ख...

दुर्घटनामा नगर प्रमुख गम्भीर घाइते

रुकुम / रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासहित छ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको भे १ झ २४३ नंंको गाडी मेलैनाउलीमा आज दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा चौरजहारी नगरपालिका–५ का ४५ वर्षीय रामलाल शर्मा, ४३ वर्षीय लोकेन्द्र परियार, वडा नं. ३ का तेजबहादुर बटाला, वडा नंं ४ क...

छोरा जन्माउन छवटी श्रीमती

रोल्पा / “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताउनुभयो । पुनको पहिलो...

ढुंगाले लागेर मृत्यु

रुकुम / चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ । खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा नै आज मृत्यु भएको जिल्ला प्रहरी...

रुखले च्यापिएर बालकको मृत्यु

रुकुम २५ चैत / रुखले च्यापेर रुकुम पूर्वमा आज एक बालकको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–१, ओर्खेनाका नौ वर्षीय धनलाल बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो गाई चराउन जंगल गएका बेला रुखले च्यापेर उनको मृत्यु भएको हो । हावाहुरीसँगै पानी परेपछि रुखमुनि ओत लागेका बेला एक्कासी रुख ढलेर उनलाई किचेको थियो ।

भिरबाट लडेर महिलाको मृत्यु

रुकुम / पूर्र्वी रुकुम सिन्ने गाउँपालिका–८ मा भिरबाट लडेर आज एक महिलाको मृत्यु भएको छ । घर नजिकै घाँस काट्न गएकी स्थानीयवासी ३३ वर्षीया गौमती नाथको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते लामाको उपचारका क्रममा मृत्यु

जाजरकोट / जाजरकोट—डोल्पा सडकखण्डअन्तर्गत वैरीताल, चिसापानीबीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ । पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । चैत ११ गते पुल निर्माणको काम गर्दैगर्दा लामा लड...

काठको फड्केबाट खसेर मृत्यु

जाजरकोट / नलगाड पहुँच मार्ग निर्माण भइरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को ( काठको फड्के) बाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका–७ का ४० वर्षीय कालीबहादुर नेपालीको आज बिहान मृत्यु भएको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्द सिंहले जानकारी दिनुभयो । नलगाड नगरपालिका–५ खाराको बीचमा रहेको नलगाड नदीम...