डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

जाजरकोट /इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ । जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भ...

खोलाले बगाएर एकको मृत्यु

जाजरकोट / नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाएर आज बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पु¥याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताउनुभयो । यसैबीच स्थानीय झुप्रा खोलामा आएको बाढीले नलगाड नगरपालिका २, ३ र ४ बीचमा बाढीले चार घरसहित दुई वटा पुल...

खुकुरी प्रहार गरी छोरा र भाइको हत्या

जाजरकोट / रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उनको मानसि...

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

सुर्खेत / कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधार...

भेरी नदीको पुल जोखिममा

जाजरकोट / नलगाड नगरपालिका–१२ ठूलाबगरमा आज बिहान पहिराले दुई घर पुरिएको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य...

दुर्घटनामा एक बालिकाको मृत्यु

रोल्पा / रोल्पा लिवाङबाट घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक जीप रुन्टीबढी गाउँपालिका–१ विसुनधारामा दुर्घटना हुँदा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का सुदीप कार्कीका चार वर्षीया छोरी ऋतु कार्की रहेको प्रहरीले जनाएको छ । लु१च ९४९४ नम्बरको जीप दुर्घटना हुँदा सोहि जीपमा सवार ऋतुको च्यापिएर मृत्यु भएको जनाएको छ । ...

कर्णालीमा खाद्यान्न अपुग

सुर्खेत, आर्थिक वर्ष २०७४÷७५ मा कर्णाली प्रदेशमा १८ हजार चार सय सात मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेकका जिल्लामा खाद्यान्न समस्या भएको थियो । मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले गत आवमा रुकुममा धान, गहुँ, मकैलगायत ब...

कर्णाली प्रदेशमा खाद्यान्न अपुग

सुर्खेत / गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्ष...

एम्बुलेन्स सञ्चालन

रसुवा / बिरामी ओसारपसार गराउने कार्यमा सहज पार्न रसुवा रेडक्रश शाखाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एक वर्ष अगाडिबाट बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मत गराई चालू् गराइएको रेडक्रश सभापति बाबुलाल तामाङले बताउनुभयो । एम्बुलेन्स आइतबारबाट सञ्चालनमा आएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामी हेलिकोप्टरबाट काठमाडाँै लान खर्चको अभाव भइरहेका...

मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी परिसर काठमाडौँले मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोबार गर्ने यमनका ४३ वर्षीय अल अस्री मोहामे याहा याहा, मुगुका ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाका ३० वर्षीय नवीन चौलागाईँलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेक...