भिरबाट लडेर एक महिलाको मृत्यु

रुकुम, ८ फागुन / रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । नगरपालिका–१ की ६० वर्षीया जयमती बोहाराको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गाउँ नजिकैको स्थानीय सानाखाल्टे जंगलमा गएकी बोहरा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । घाइते बोहरालाई घर पु¥याएलगत्तै उहाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुक...

पुस्तक पसलमा आगलागी हुँदा रु ३५ लाख क्षति

सुर्खेत, ७ फागुन / सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक...

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो

सुर्खेत, ५ फागुन / प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गर्नुभएको छ । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्नुहुने भएको हो । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भाग...

प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

सुर्खेत, २५ माघ / बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा (चपाई) विजयी भएका छन् । त्यस्तै, दलिततर...

प्रदेश नं ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

सुर्खेत, २४ माघ / आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका थिए । हरियो रङ अंकित...

मोरङको पथरीमा सिम्रिक आर.जे. हन २०१८ हुने

  पथरी  । शुक्रबार मोरङको पथरीशनिश्चरेमा ‘सिम्रिक आर.जे. आइडल २०१८’ हुनेभएको छ । मानिसमा भएको ब्याक्तीत्व बिकास गर्ने हेतुले फागुन ३ गतेदेखि १२ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो । तालिममा सहभागी प्रशिक्षाथीहरुबाट बेष्ट प्रोग्राम प्रेजेन्टर, बेष्ट समाचारवाचक, बेष्ट प्रोग्राम प्रोड्युसर, बेष्ट मास्टर अफ सेरेमोनी र बेष्ट भोकल पर्फमेन्स गरी ५ विधा...

विराटचोकमा महिलाहरुको उद्घोषण तालिम सुरु

विराटचोक ।  मोरङको विराटचोकमा दुई दिवसीय उद्घोषण तालिम महिला दिदीबहिनीहरुको सहभागितामा शुक्रबारदेखि सुरु भएको छ । यहाँको पाथिभरा स्वतन्त्र महिला समाज सुन्दरहरैँचा १० को आयोजनामा सो तालिम सञ्चालनमा आएको हो । कोसीहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच उद्घोषण तालिमको शुभारम्भ गरिएको छ । महिला दिदीबहिनीहरुको क्षमता विकासका लागि ...

विराटनगर जेसिजको अध्यक्षमा राजेन्द्र

माेरङ / विराटनगर जेसिजको अध्यक्षमा राजेन्द्र थपलिया सर्वसम्मत रुपमा चयन भएका छन् । थपलिया वर्ष २०१८ को लागि अध्यक्षमा चयन भएका हुन् । ‘एक वर्ष एक पद एक व्यक्ति’ को धारणा रहेको युवाहरुको साझा संगठन जेसिजमा ४३ वर्षको इतिहास बोकेको नेतृत्व उत्पादन गर्ने संस्था हो । वरिष्ठ कार्यकारिणी उपाध्क्ष सेवक बजगाईं, तालिम निर्देशकमा प्रदिप दाहाल, कार्यकार...

चन्द्रवंशी तथा कविरथ समुदायलाई आरक्षणको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

इटहरी । अल्पसंख्यक चन्द्रवंशी तथा कविरथ समुदायलाई जातिय सुचिमा सुचिकृत गरी आरक्षणको व्यवस्था गरिनु पर्ने माग राख्दै नेपाल सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाइएको छ । सुनसरीको प्रकासपुर क्षेत्रमा वसोवास गर्दै आएका चन्द्रबंशी तथा कविरथ जातिका युवाहरुले आफुहरुलाई जनसंख्याको आधारमा अल्पसंख्यक सुचिमा सुचिकृत गर्न माग राख्द...

मायाघर निर्माणार्थ इटहरीमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

निसहाय तथा हिंसा पिडितहरुको लागि सुरक्षा आवास गृह मायाघर  निर्माण सहयोगार्थ पूर्वाञ्चलकै पहिलो पटक श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह तथा जीवन दर्शन ज्ञान यज्ञ इटहरीमा हुने भएको छ ।  श्री राधिका दासी जी महाराज सहित इटहरी वासी महिला हक अधिकार तथा हितको लागी काम गर्दै आएका संघ सस्थाका प्रतिनिधि महिलाहरुको संयुक्त प्रयास तथा इटहरीका बिभिन्न संघ सस्...