पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम

जाजरकोट / लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् । जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र ४ का न्यूरोड, शान्ति चौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घर पहिराको उच्च जोखिममा परेका...

एचआइभीको पीडा भोग्दै ५२ महिला

दैलेख / दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उहाँको मृत्यु भयो । श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा पर्नुभएकी उहाँलाई छोराछोरीको लालनपालनमा समस्या छ ।...

पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय

दैलेख / दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो । तत्कालीन समयमा उत्तर–दक्षिण करिडोरका रुपमा रहेको जुम्लादेखि दुल्लु हुँदै आवतजावत गर्ने बटुवालाई राति बास बस्न समस्या हुने भएपछि काजी जसपाऊ थापाले पौवा दरबार निर्माण गरेका थिए । ...

कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट प...

पाल्पा जीप दुर्घटना : बेपत्ताको शव भेटियो

पाल्पा / पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ दुई जना बेपत्ताको शव फेला परेको छ । तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव आज उद्धार टोलीले भेटाएको हो । आज बिहानदेखि नै नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा मृतकको शव घटनास्थलबाट बा...

चार बेपत्ता : पाँचको शव निकालियो

सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छवर्षीया रञ्जना र तीन वर्षीय...

पहिरोले तीन घर पुरिए

जाजरकोट / जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडि...

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

जुफाल, डोल्पा/  केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज...

टेलिफोनको टावर माग्दै गाउँपालिका अध्यक्ष

जाजरकोट / सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् । सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् । क...

विश्वमै लोपोन्मुख सेतो गिद्धको गँुड बारेकोटमा

जाजरकोट / विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ । गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गँुड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको ...