भिरबाट लडेर वृद्धको मृत्यु

डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आउनुभएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरीचौकीले जनाएको छ । बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर जानुभएका उहाँ साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँ...

बजेटको अभावमा पहिरो हटाउन समस्या

जाजरकोट / भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो । केही दिनअघि परेको झरीले जिल्लाका दर्जनभन्दा बढी सडक बन्द भइसकेका छन् । तर ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाए...

कर्णाली पर्यटन पत्रकार महासंघमा सिंह

सुर्खेत /   कर्णाली प्रदेशस्तरीय नेपाल पर्यटन पत्रकार महासंघको अध्यक्षमा अशोककुमार सिंह सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार सम्पन्न महासंघको पहिलो अधिवेशनले सिंहको अध्यक्षतामा १३ सदस्यीय महासंघ गठन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा दैलेखका गोविन्द भारती, महिला उपाध्यक्षमा जुम्लाका दिलमाया शाही, ...

तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

सुर्खेत / जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिनुभयो । “हामीले जन्मेदेखि पाँच वर...

सानीभेरी कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । उहाँले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य...

राउटेलाई पहिलो पटक परिचयपत्र

सुर्खेत / पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सु...

जाजरकोटमा पहिरोले पाँच परिवार विस्थापित ,सयौँ रोपनीमा लगाएको धान नष्ट

जाजरकोट / यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ...

‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान

सुर्खेत /  कर्णाली प्रदेश सरकारले आगामी तीन वर्षभित्र ‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान थाल्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले आगामी साउन महिनादेखि कार्यविधि तयार गरेर कार्यान्वयन प्रक्रियामा जाने तयारी गरेको छ । अभियान सफल बनाउन अनौपचारिक शिक्षा तथा साक्षरता अभियानसम्बन्धी कार्यक्रम गर्न स्थानीय तहसँगको समन्वयमा कार्य ढाँ...

बालबालिका विद्यालय बाहिर छैनन्

बर्दिया /    अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ । संघीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नगरपालिकामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भन...

सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

रोल्पा / त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दिने, उद्योगबाट उत्सर्जन हुने धुवाँधुलोको व्यवस्थापन गर्दै पर्यावरणीय सन्तु...