स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

बाबियाचौर, म्याग्दी / बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । पराजुली परिवारले उपलब्ध गराएको भवनबाट यसै महिनादेखि सेवा...

कर्णाली प्रदेशसभामा सत्तापक्ष नै प्रतिपक्षमा उभिएपछि…

सुर्खेत / कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्...

कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने

सुर्खेत / कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । आज बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकार...

निषेधित क्षेत्र घोषित

सुर्खेत / षेधित क्षेत्र घोषणा गरिएको छ । यसैबीच चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको भनी सोको विरोधमा डा गोविन्द केसी १५औँ अनशन बस्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्नुभएको छ । जिल्ला प्रशासन कार्या...

पत्नीपीडित पुरुषद्वारा प्रहरीमा उजुरी

पर्वत / श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा दुई जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् । न्यायका लागि उजुर...

आगलागीमा ज्यान गुमाएकाको परिवारलाई वीमा प्रदान

सुर्खेत /  आगलागीमा ज्यान गुमाएका चन्दननाथ नगरपालिका–४ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई रु ३१ लाख ५६ हजारको वीमा प्रदान गरिएको छ । बिहीबार जुम्लामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वर्गीय उपाध्यायकी धर्मपत्नी अप्सरा उपाध्यायलाई रु ३१ लाख ५६ हजारको चेक हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा...

दुर्घटनामा वडाध्यक्षसहित दुईको मृत्यु

बाजुरा / त्रिवेणी नगरपालिका पीपलसैनमा आज साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ । बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका...

द्वन्द्वपीडित राजनको डाक्टर बन्ने इच्छा

सुर्खेत / दैलेखको महाबु गाउँपालिका– ५ गडिगाउँका १५ वर्षीय राजन रिजाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड ल्याउन सफल हुनुभएको छ । रिजालले दाङको तुलसीपुर उपमहानगरपालिका– १७ स्थित सहिद आवासिय विद्यालयबाट एसइई परिक्षा उत्तिर्ण गर्नुभएको हो । उहाँले एसइई परिक्षामा तीन दशमलव ७५ जिपिएसहित अति उत्तम (ए प्लस) ग्रेड ल्याउन...

सिमीकोटको बजेट रु ३४ करोड २२ लाख

हुम्ला /  सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ । मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो जसमा रु एक करोड एक लाख ११...

अग्नीपीडितलाई नगद राहत, बाढीपीडितलाई आश्रयस्थल

खजुरा, बाँके /   बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ होलिया छिटाइपुर्वाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । २०७४ वैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो । डुडुवा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट अग्निपीडित ३२ परिवारलाई नगद रु दुई हजारका दरले वितरण गरिएको छ । आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्...