छ किलो चरेशसहित दुई पक्राउ

सुर्खेत / इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक...

धारिलो हतियार प्रयोग गरी हत्या

बेझाड / रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटनामा संलग्न मनोज थापालाई गएराती...

कार्यालयमा स्तनपान कक्ष स्थापना

सल्यान / सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो । कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्द...

कर्णालीका कर्मचारीलाई प्रोत्साहन गर्न रु ७० लाख

सुर्खेत / कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतद्वारा दैलेख र सुर्खेतमा कार्यरत पशु स्वास्थ्य प्राविधिकसँग बिहीबार आयोजित जुनोसिस रोगसम्बन्धी जनचेतनामूलक गोष्ठीमा भूमि व्यवस्था,...

महिलाको समस्या समाधानका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

वीरेन्द्रनगर/ कर्णाली प्रदेशका महिलाको समस्या समाधानका लागि शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) कर्णाली प्रदेशले त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । संकल्पको नेतृत्वमा गएको महिला प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री कार्यालयमा पुगेर महिलाको समस्या सम्बन्धमा मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझा...

फरार ४६ अपराधी पक्राउ

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग प...

घरबाटै पानी बोकेर तिर्खा मेट्छन् विद्यार्थी

जाजरकोट/ छेडागाड नगरपालिका–५ वडावनको भाग्योदय माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी पानी बोकेर विद्यालय जान बाध्य छन् ।नामको मात्र भाग्योदय माविका आफूहरुलाई पढ्नेभन्दा पनि सास्ती बेहोर्नु परेको विद्यार्थीको दुःखेसो छ । कक्षामा बसेर पढ्नेभन्दा पनि कहिले बिदा होला भन्ने आशमा बस्नुपर्ने बाध्यता रहेको कक्षा ८ की छात्रा कृष्ण शाहीले बताए । कृष्ण जस्...

विकट हिमाली क्षेत्रमा मोवाइल टावर निर्माण हुँदै

डोल्पा / विकट हिमाली जिल्ला डोल्पाको उत्तरी सीमा क्षेत्रमा पर्ने से–फोक्सुन्डो गाउँपालिकाका स्थानीयवासीको वर्षौंदेखिको मोबाइल फोनमा कुरा गर्ने सपना साकार हुने भएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ३ साल्दाङ र वडा नं ८ मा पर्ने रिग्मो गाउँमा जिएसएम मोबाइल टावर बन्ने भएपछि स्थानीयवासीको मोबाइलमा कुराकानी गर्ने सपना साकार हुने भएको हो । ट...

कर्णालीमा ११४ कुष्ठरोगी

वीरेन्द्रनगर / कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन् । तथ्याङ्कअनुसार जाजरकोटमा २०, दैल...

अत्यधिक चिसोपछि विद्यालय बन्द

हुम्ला, / अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो । “आगामी फागुन १ गतेसम...