कर्णाली प्रदेश सरकार डोल्पा घटनामा केन्द्रित

सुर्खेत / यही २९ गते मुड्केचुला गाउँपालिका–१ डोल्पामा आएको बाढीबाट मृत्यु भएका परिवारका लागि राहत र बेपत्ता भएकाहरुको उद्धारमा कर्णाली सरकार केन्द्रित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको बैठकले मुड्केचुला गाउँपालिकाको कालिकास्थित औल गाउँका उच्च जोखिममा रहेका २९ घरक...

डोल्पामा पहिरो पुरिएका दुईको शव फेला, नौ जना अझै बेपत्ता

जाजरकोट / जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन् । खराब मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे दुई बजे ५० मिटरमाथिब...

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

रुकुम पश्चिम / जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहनुभएको छ । त्यस...

बस ठोकिँदा ३४ घाइते, आठ गम्भीर

सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काक्रेविहार बस व्यवसायी समितिको ना ...

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडा...

विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं ...

कर्णाली जीप दुर्घटना : २२ दिनपछि भेटियो उपाध्यक्ष शाहीकाे शव

हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएकी उपाध्यक्ष सिन्धु शाही हमालको शव आज भेटिएकाे छ । सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाकी उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरे । शव फेला...

चिर्पट प्रहार गरी भतिजाले गरे काकाको हत्या

जाजरकोट / भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ । मङ्गलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । गीताको घरमा उहाँका आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गर...

कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने

सुर्खेत / कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले रु ५० लाख बजेट विनियोजन गरेको छ । सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले स्थानीय पाठ्य...

आफ्नै आमा र हजुरआमाको हत्यारालाई जन्मकैद

दैलेख / कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेक...