गैँडाकोटमा मलेरियाको संक्रमण

नवलपरासी / पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता०पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ । विभिन्न ...

भेरी–बबई डाइभर्सन समयमै सकिने

बाँके / भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भ...

नगरपालिकाको हरियाली अभियान

नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ । “सामाजिक संस्थाको सहयोग र सहकार्यम...

श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली

बाँके / एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले कारागारमा रहेकाले उनका छ छोराछोरी बिचल्लीमा परेका हुन् । उनले झारफुक गर्न जाने भन्द...

अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

रोल्पा / सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो । रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी स...

बुटवलमा बोलबम धाममा भीड बढ्दै

बुटवल / रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा आज भक्तजनको घुइँचो लागेको छ । सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ । श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिना...

बस बगाउँदा एक दर्जन यात्रु घाइते

तुलसीपुर / तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसी...

मुसलधारे पानीले नेपालगञ्ज जलमग्न

नेपालगञ्ज / आज बिहान परेको मुसलधारे पानीले नेपालगञ्जको अधिकांश टोल जलमग्न भएका छन् । पानीको यथोचित निकास नहुँदा सडक जलमग्न भएर घर, पसलमा पानी पस्दा व्यक्तिका धन सम्पत्तिको नोक्सानी भएको छ । नेपालगञ्जको बेलासपुर, धम्बोझी, घरबारीटोल, गणेशपुर, कोरियनपुर, न्यूरोड, सेतुविक चोकलगायतका टोल डुबानमा परेका छन् । अपरान्ह नगरपालिकाले नाला सफा गरेर निकास खो...

प्रदेश नं ५ : तीन विधेयक सर्वसम्मतिले पारित

बुटवल, २० साउन (रासस) ः प्रदेश नं ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक, प्रदेश नं ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ ...

रोल्पामा सम्बन्ध विच्छेद बढ्दो

रोल्पा / घरेलु हिंसाका कारण रोल्पामा सम्बन्ध विच्छेदको क्रम पनि बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि ३१ सम्बन्ध विच्छेदका लागि अदालत गएका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर मिलापत्र हुन नसकेका ती मुद्दासहित सो वर्ष जिल्ल...