सुब्बाको शोेकमा स्थानीय तहका कार्यालय बन्द

बुटवल / रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ । सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो । Purbeli TV

सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु

पाल्पा / तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपर...

उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

तुलसीपुर, दाङ / उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४÷७५मा ६०२ मुद्दा फछ्यौट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये ६०२ थान मुद्दा फछ्र्योट भई हाल १८४ थान मुद्दा विचाराधीन छन् । तुलसीपुरमा सबैभन्दा धेरै करणीका ८८ वटा मुद्दा दर्त...

दाङ जिल्लामा रगतको अभाव

दाङ / जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ । ‘‘नियमित ब्लड दिने कार्यक्रम भइरहँदा ब्लडको समस्या देखिदैन,तर पछिल्लो केही महिनायता ब्लड डोनेशनका कार्यक्रम जिल्लामा नहुँदा समस्या देखिएको छ ’’,रक्त सञ्चार केन्द्र घोराहीका इ...

गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

खजुरा, बाँके / जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको थियो । घाइते उपाध्यायको अवस्था गम्भीर भ...

खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

नेपालगञ्ज / बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभयो । प्रदेश सरकारले ल्याएको एक निर्वाचन क्षेत्रमा एक...

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् । पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् । गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोब...

पाँचसय घरलाई ग्यास सिलिण्डर र चुलो

दाङ / यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो । चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्...

नेपालगन्जमा वडा कार्यालय भवन निर्माण

नेपालगन्ज / बाँके जिल्ला नरैनापुर गाउँपालिकाको जमुनीमा–६ उक्तकार्यालयको चारकोठे भवन निर्माण गरिएको छ । गाउँपालिकाको रु ३८ लाखको लागतमा एक बैठक कक्षसहित चार कोठाको भवन निर्माण भएको वडाध्यक्ष प्रेमप्रसाद उपाध्यायले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित भवन उद्घाटन गर्दै यसबाट नागरिकलाई सेवा प्रवाह गर्न सजिलो हुने विश्वास ...

तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको स्थानमा एस्काभेटर जान नमानेका कारण बस निकाल्न नसकिएको प्रहरीले बताएको छ । ...